काठमाडौं । भारतीय चर्चित गायक सोनु निगम नेपाल आइपुगेका छन् ।
उनी बुधबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । सो क्रममा उनलाई नेपाली ढाका टोपी लगाएर स्वागत गरिएको थियो । सोनुले आजै राति हायात रिजेन्सी होटलको मैदानमा आयोजित सोनु निगम लाइभ इन नेपालमा प्रस्तुति दिँदैछन्।
गायक निगमले स्वर दिएका ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत गीत नेपालीमाझ लोकप्रिय छन्। यस्तै, हिन्दी भाषामा ‘मेरे ढोलाना सुन’, ‘कल होना हो’, ‘साथिया’, ‘पापा मेरी जान’, ‘अभि मुझ मे कही’ लगायत गीत लोकप्रिय छन्।





























प्रतिक्रिया