फूलको आँखामा फुलै संसारपछि आनीको अर्को गीत ‘जिन्दगीको पाठशाला’ सार्वजनिक [भिडियोसहित]

फूलको आँखामा फुलै संसारपछि आनीको अर्को गीत ‘जिन्दगीको पाठशाला’ सार्वजनिक [भिडियोसहित]

केन्द्रबिन्दु
288
Shares

काठमाडौँ । फूलको आँखामा फुलै संसारपछि आनी छोइङको अर्को गीत सार्वजनिक भएको छ । संगीत र समाजसेवामा सक्रिय आनी छोइङ डोल्माको जिन्दगीको पाठशाला नामक गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा प्रशासनविद् तथा वरिष्ठ गीतकार डा. दामोदर रेग्मीको शब्द रहेको छ भने कृति न्यौपानेको संगीत र पुरुषोत्तम सुवेदीले एरेन्ज गरेका छन् । किशोर थापाको मिक्सिङ मास्टरिङ र राकेश श्रेष्ठको रेकर्डिङ रहेको यस भिडियोमा वरिष्ठ अभिनेत्री मिथिला शर्माको जीवन्त अभिनय हेर्न सकिन्छ ।

पछिल्लो चरणमा एकदमै चर्चामा रहेको यो गीतको भिडियो काठमाडौँको दरबार हाइस्कुल, भानुभक्त मावि र कीर्तिपुरको पुष्प सदन मावि तथा स्वयम्भूमा छायांकन गरिएको छ । भिडियोले एउटा छुट्टै महत्त्व पनि बोकेकाले म्युजिक भिडियो एकदमै राम्रो बनेको भन्दै गीतकार तथा संगीतकार एकदमै खुसी छन् ।

गायिका आनीले पनि आफ्नो किसिमको गीत गाउन पाउँदा हर्षित भएको बताइन् । उनले भिडियो हेर्दा एकदमै राम्रो बनेकामा निर्देशक कृष्णदेव रूपाखेतीलाई धन्यवाद व्यक्त गरिन् । भिडियोमा उत्सव दाहालको छायाङ्कन, मीन रावलको सम्पादन र कृष्णदेव रूपाखेतीको निर्देशन रहेको छ । अन्य कलाकारमा नायक राकेश खड्का र स्त्रीरोग विशेषज्ञ डाक्टर मनिषा आचार्यलगायतको भूमिका रहेको छ । यो भिडियो ओएसआर डिजिटल मार्फत बजारमा आएको छ ।

Logo