काठमाडौं । गायक हसन राई र लोकप्रिय गायिका अनु चौधरीको युगल स्वरमा ‘यो मनको चाहना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
रोशन राई ‘पालुवास्टार’ को शब्द र संगीत तथा फडिन्द्र राइको एरेन्ज रहेको गीतको भिडियोमा हसन राई र बेदना राईको अभिनय रहेको छ । राजेश पुमा राइको निर्देशनमा बनेको भिडियोमा उत्तम हुमागाईको छायांकन र विकास दाहालको सम्पादन रहेको छ ।
भिडियोलाई लुंटाे क्रिएसन (Lungto Creation )को अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिडियोमा मनको चाहनालाई बुझाउने क्रममा व्यक्त गरिएका भावनालाई सरल रुपमा प्रस्तुत गरिएको छ । गायक हसनले गायन जतिकै अभिनयमा पनि उत्तिकै अब्बलता देखाएका छन् ।
गायक हसन राई र रोशन राई ‘पालुवास्टार’को सहकार्यमा यस अघि धेरै सुमुधुर गीतहरु सार्वजनिक भैसकेका छन् ।





























प्रतिक्रिया