काठमाडौं । नेपाली सांगीतिक क्षेत्रकी चर्चित लोकगायिका ज्योति मगरले ‘जवानीको उद्घाटन’ बोलको नयाँ गीत बजारमा ल्याएकी छन् ।
ज्योति मगरकै युट्युव च्यानलबाट सार्वजनिक भएको उक्त गीतको भिडियोले छोटोसमयमै धेरै दर्शकको मन जित्न सफल भएको छ । गीत बजारमा नआउँदै ज्योति मगरको जवानीको उद्घाटन हुँदै भनी सामाजिक सञ्जालमा उनैले गरेको पोष्टले दर्शकश्रोता त्यसैको प्रतिक्षामा थिए र अहिले त्यो प्रतिक्षाको घडी सकिएको छ ।
प्रयास मगरको शब्द रचना रहेको यस गीतको स्वरमा ज्योतिलाई गायक कृष्ण केसीले साथ दिएका छन् । संगीत पनि केसी स्वयंले भरेका छन् ।
सुनिल क्षेत्रीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा लोशिना लामिछानेको साथमा निर्देशक क्षेत्री स्वयं फिचर्ड छन् । उमेर पुगेका प्रेमील जोडीलाई लक्षित गरिएको यो गीतमा सुनिल र लोशिनाको नृत्यसँगै जोडी जमेको देखिन्छ । रमणीय वातावरणमा जय रेग्मीले खिचेको उक्त भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् ।
ज्योति मगर नेपाली संगीत प्रेमीमाझ निकै चर्चित छन् । उनका जे गीत आउँछन्, चर्चा नकमाएको रेकर्ड छैन । यसपटक फेरि उनले दर्शकलाई गज्जबको कोशेली ल्याएर आएकी हुन् ।
हेर्नुहोस्, भिडियोमा-





























प्रतिक्रिया