टिकाराम खड्काको शब्द र शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ गीत सार्वजनिक

टिकाराम खड्काको शब्द र शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ गीत सार्वजनिक

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । चर्चित पत्रकार टिकाराम खड्काको शब्द र लोकप्रिय गायक शिव परियारको आवाजमा नयाँ गीत ‘मलाई जलाउँदा’ सार्वजनिक भएको छ । खड्काले यस गीतलाई आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गर्दै संगीत र साहित्यका क्षेत्रमा थप एक कदम अघि बढाएका छन् ।

गीतमा कर्ण सञ्ज्यालको संगीत, हेमन्तकान्छा रसाईलीको सारंगी, भुवन गन्दर्भको तबला, रत्न विकको बासुरी, र केशब बडूको एरेन्ज रहेको छ, जसले गीतलाई एक अद्वितीय संगीतात्मक अनुभव प्रदान गरेको छ । भिडियो सम्पादन दिवाकर चौधरीले गरेका छन् ।

पत्रकार खड्का, जो न्यूज २४ टेलिभिजनमा कार्यरत छन्, सक्रिय रूपमा पत्रपत्रिकामा लेख लेख्ने र समाजका विविध पक्षमा प्रकाश पार्ने कार्यमा संलग्न छन् । यस गितको सार्वजनिक हुनुले खड्काको सृजनात्मक पक्षलाई अझ उजागर गरेको छ ।

Skip This
Skip This
Logo