परदेशी भावनामा आधारित नयाँ लोकदोहोरी गीत ‘यूके लान्छु’ सार्वजनिक [भिडियो]

परदेशी भावनामा आधारित नयाँ लोकदोहोरी गीत ‘यूके लान्छु’ सार्वजनिक [भिडियो]

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नयाँ लोकदोहोरी गीत ‘यूके लान्छु’को म्युजिक भिडियो सार्वजनिक भएकाे छ ।

म्युजिक भिडियोमा गायक सचिन भट्टराई र गायिका शान्तिश्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ । गीतका शब्द र संगीत गायक सचिन भट्टराई स्वयंले तयार पारेका हुन् भने संगीत संयोजन विनोद बाजुरालीले गरेका छन्।

गीतको कथावस्तु युकेमा बस्ने एक लाउरेको जीवन र उनी आफ्नी प्रेमिकालाई सम्झिँदै बहिनीको विवाहमा स्वदेश फर्कंदा भोग्ने भावनात्मक क्षणहरूमा आधारित छ। भिडियोमा ती पलहरूलाई निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ, जसले परदेशमा बस्ने धेरै नेपालीको मन छोएको छ।

अभिनयमा सुनिल न्यौपाने र चर्चित अभिनेत्री गरिमा शर्माले प्रमुख भूमिका निर्वाह गरेका छन् । साथै सहायक कलाकारहरूमा सरोज पौडेल, भीमार्जुन ओली, निकसन लोहनी, ईश्वर श्रेष्ठ, र बहिनीको भूमिकामा रविना पाण्डे देखिएका छन्।

छायांकन हरी हुमागाईं कोरियोग्राफर रोशन विश्वकर्मा,मेकअप दिपु पौडेल,सम्पादन तथा रङ संयोजनस् दिल्सन शाह सह–निर्देशन सुनिल बुढाथोकी,प्रोडक्सन म्यानेजर निर्मल न्यौपाने र निर्माणस् मिना बर्तौलाको रहेको छ ।

गीतको निर्देशन दिलीप समनले गरेका छन्, जो हाल नेपाली संगीत भिडियो निर्देशनमा निकै चर्चामा छन्।

Logo