काठमाडौं । उपेन्द्र सुब्बाको निर्देशन रहने सिनेमा ‘जारी २’को शुभमुहूर्त गरिएको छ । सिनेमाको आज शुभमुहूर्त गरिएको हो ।
शुभमुहूर्तसँगै छायांकन सुुरु भएको छ । पाँचथरबाट छायांकन सुरु भएको हो । यो सिनेमाको सम्पूर्ण छायांकन पाँचथरमा हुने निर्माणपक्षले जनाएको छ । जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यमा छायांकन हुनेछ ।
‘जारी २’ सनेमा ‘जारी’को सिक्वेल हो । यो सिनेमाको फस्र्टलुक यसअघि नै सार्वजनिक भइसकेको छ ।सिनेमा दशैमा प्रदर्शन घोषणा गर्दै ‘जारी २’को फर्स्टलुक सार्वजनिक गरिएको थियो ।
फर्स्टलुकमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको थियो । यो सिनेमालाई स्लोगन ‘सङ्ग अफ च्याब्रुङ’ राखिएको छ । ‘जारी २’मा २०८० सालको ब्लकबस्टर सिनेमाका ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाको नै लेखेका छन् ।
कवि उपेन्द्र सुब्बाको डेव्यु निर्देशन गरेको जारीले नेपाली बक्सअफिसमा १७ करोड माथिको व्यापार गरेको थियो ।
सिनेमामा सिनेमामा अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहनेछ । बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मसको व्यारमा निर्माण हुने सिनेमालाई रामबाबु गुरुङले निर्माण गर्नेछन् ।





























प्रतिक्रिया