मिस पवि अभिनित ‘नौली हदेली’मा लक्ष्मी र प्रतापको स्वर [भिडियो]

मिस पवि अभिनित ‘नौली हदेली’मा लक्ष्मी र प्रतापको स्वर [भिडियो]

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सुदूरपश्चिकी चर्चित गायिका लक्ष्मी आचार्यले नयाँ गीत ‘नौली हदेली’ ल्याएकी छन् ।

देउडा शैलीमा रहेको यो गीतमा आचार्यलाई गायक प्रदाप दासले साथ दिएका छन् । गीतको शब्द तथा सङ्गीत गायिका आचार्यकै हो, भने एरेन्ज देवेश राईले गरेका हुन् ।

मौसम हिमालीले गरेको गीतको भिडियोमा अभिषेक खड्का र मिस पविको अभिनय छ । गीत गायिका आचार्यको आफ्नै अफिसियल युट्युब च्यानल लक्ष्मी आचार्यबाट सार्वजनिक भएको छ ।

आचार्य ‘साली भिना’ ‘ओ मेरी भाउजु’, ‘लाई हेल कालो टिको’, ‘जोई प्यारी जारीकी’, ‘रतन चढी इजु’ लगायत सुपरहिट गीत दिइसकेकी गायिका हुन् । योपटक पनि ‘नौली हदेलीले पहिलेको झैं दर्शकबाट माया पाउने उनको अपेक्षा छ । ‘हिजोको दिनमा देउडा नसुन्ने पूर्वमा पनि फ्युजनमा कारणले सुन्न थालेका छन्’, गायिका आचार्य भन्छिन् ‘देउडा गीत, लय सबैमाझ पुर्‍याउने हिसाबले फ्युजन थालेकी हुँ ।’ 

Logo