छक्का पन्जा सिरिजका संगीतकारको संगीत र लसता जोशीकाे स्वरमा ‘भेट्दिन राती रातीमा’

छक्का पन्जा सिरिजका संगीतकारको संगीत र लसता जोशीकाे स्वरमा ‘भेट्दिन राती रातीमा’

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । छक्का पन्जा सिरिज चलचित्र का लोकप्रिय संगीतकार दीपक शर्माको संगीत रहेको ” भेट्दिन राती रातीमा” बोलको गीतको म्युजिक भिडियो मङ्गलबार एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ ।

लसता जोशी र सुभास मण्डलको स्वर रहेको सो गीतको रचनाकार पनि दीपक शर्मा नै हुन् । सार्वजनिक गरिएको भिडियो मा नेपालभाषाको मनोरन्जन क्षेत्रका लोकप्रिय नायिका भिन्तुना जोशीको साथमा यसराज गराचको अभिनय रहेको छ । यो भिडियो को निर्देशक सुब्रत आचार्य छन् ।

गीतको सार्वजनिकिकरण कार्यक्रम मा चलचित्र अन्वेषक प्रकाश सायमि,गायक जुजुकाजि रन्जित,संगीतकार न्ह्यू बज्राचार्य,अग्रज पत्रकार विजयरत्न तुलाधर का साथमा गायिका लसता र नायिका भिन्तुना कि अामा नगिना जोशीले म्युजिक भिडियो बारे आफ्नो मन्तव्य राखेको सो कार्यक्रम विश्वज्योति हलमा सम्पन्न भएको हो ।

Logo