संगीतकार अर्जुन पोखरेलको ‘द डिभाइन स्टुडियो’को राजेश पायल राईले गरे उद्घाटन

संगीतकार अर्जुन पोखरेलको ‘द डिभाइन स्टुडियो’को राजेश पायल राईले गरे उद्घाटन

केन्द्रबिन्दु
594
Shares

काठमाडाैं । चर्चित संगीतकार अर्जुन पोखरेलले आफ्नो व्यावसायिक यात्राको क्रममा पुतलीसडकमा ‘द डिभाइन स्टुडियो’ खोलेका छन्।

लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय पोखरेलको यस नयाँ स्टुडियोको उद्घाटन शुक्रबार एक विशेष समारोहकाबीच चर्चित गायक राजेश पायल राईले गरेका हुन् । स्टुडियो उद्घाटनको यस अवसरमा गायक राईले पोखरेलकै संगीतमा रहेको ‘हे प्रभु’ बोलको गीत रेकर्डिङसमेत गरेका छन् । यससँगै स्टुडियोकाे औपचारिक शुभारम्भ भएकाे छ ।

संगीतकार अर्जुन पोखरेल नेपाली संगीत जगतमा लामो समयदेखि स्थापित र सफल नाम हो। उनले आफ्नो नयाँ स्टुडियोमार्फत स्तरीय र आधुनिक संगीत निर्माणमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यता राई इज किङ अर्थात् राजेश पायल राई पनि नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय र व्यस्त गायक हुन् ।

Logo