धुरन्धरले ताेड्याे ‘जवान’ र ‘एनिमल’को रेकर्ड

धुरन्धरले ताेड्याे ‘जवान’ र ‘एनिमल’को रेकर्ड

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘धुरन्धर’ ले भारतीय बक्स अफिसमा सुनामी नै ल्याएको छ। रिलिजको तेस्रो हप्तामा पनि आक्रामक व्यापार गरिरहेको यस फिल्मले अभिनेता रणवीर कपुरको ब्लकबस्टर फिल्म ‘एनिमल’ लाई उछिन्दै भारतको अहिलेसम्मकै १०औं धेरै कमाउने फिल्मको सूचीमा स्थान बनाएको हाे ।

भारतको शीर्ष १० फिल्ममा प्रवेश

‘धुरन्धर’ ले आइतबारसम्म भारतमा मात्रै ५५५.७५ करोड भारु कलेक्सन गर्दै ‘एनिमल’ (५५३.८७ करोड) लाई पछि पारेको हो। योसँगै यो फिल्म भारतको इतिहासमा सर्वाधिक कमाउने १०औं फिल्म बनेको छ।

शाहरुख खानको ‘जवान’ को रेकर्ड ध्वस्त

यस फिल्मले शाहरुख खानको फिल्म ‘जवान’ ले बनाएको ‘छिटो ५०० करोड कमाउने’ रेकर्ड समेत तोडेको छ। ‘जवान’ ले १८ दिनमा ५०० करोडको आँकडा पार गरेको थियो भने ‘धुरन्धर’ ले मात्र १५ दिनमा यो सफलता हासिल गर्‍यो। यद्यपि, ‘पुष्पा २’ ले यो आँकडा ११ दिनमै पार गरेर समग्रमा पहिलो स्थानमा छ।

तेस्रो हप्ताको ऐतिहासिक व्यापार

फिल्मले तेस्रो हप्ताको कमाइमा समेत नयाँ रेकर्ड राखेको छ। ‘धुरन्धर’ ले तेस्रो हप्तामा मात्रै ९५.२५ करोड भारु संकलन गरेको छ, जुन कुनै पनि हिन्दी फिल्मका लागि अहिलेसम्मकै उच्च हो। यसले अल्लु अर्जुनको ‘पुष्पा २’ को तेस्रो हप्ताको कलेक्सनलाई समेत चुनौती दिएको छ।

हालसम्म फिल्मको विश्वव्यापी कलेक्सन ८७५ करोड भारु नाघिसकेको छ। ट्रेड एनालिस्टहरूका अनुसार फिल्म छिट्टै १,००० करोड क्लबमा प्रवेश गर्ने तयारीमा छ। यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म हाे ।

Skip This
Skip This
Logo