विश्वप्रकाश शर्माको नयाँ गीत ‘जनताको आवाज’ सार्वजनिक [भिडियो]

विश्वप्रकाश शर्माको नयाँ गीत ‘जनताको आवाज’ सार्वजनिक [भिडियो]

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘बिगुल’को दोस्रो गीत ‘जनताको आवाज’ सार्वजनिक भएको छ ।

गीतमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको शब्द तथा संगीत रहेको छ । गीतमा राजेश पायल राईले स्वर दिएका छन् ।

राजनीतिमा कुशल छवि बनाएका शर्माले सिनेमा ‘बिगुल’मार्फत आफूलाई गीतकार र संगीतकारको रूपमा प्रस्तुत गरेका हुन् । राष्ट्रिय झण्डासहित देशमा सुशासन, विकास र शान्तिको सन्देश फैलाउन सिनेमाका कलाकारहरू घरदैलो अभियानमा लागेको गीतको भिडियोमा देख्न सकिन्छ ।

रमेश कोइरालाको निर्देशनमा निर्माण भएको सिनेमामा बेनिशा हमाल, रमेश बुढाथोकी, नरेन खड्का, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिघिरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मा लगायतको अभिनय रहेको छ । कल्पना पौडेल प्रस्तुतकर्ता रहेको सिनेमामा सूर्य कान्त कोइराला र महेश कोइराला सह–निर्मातामा छन् ।

दिनेश कोइरालको कथा तथा निर्माण रहेको सिनेमामा प्रदिप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद, शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनबी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत तथा तारा थापा ‘किम्भे’को सम्पादन छ ।

Logo