काठमाडौं । नेपाली दर्शकका लागि कन्टेन्ट प्रस्तुत गर्दै आएको डिशहोम गो ओटीटी एपले भोलि (शुक्रबार)देखि नेपाली सिरिज ‘घर…एक सपना’ प्रशारण सुरु गर्ने भएको छ ।
डिश मिडिया नेटवर्कले आज (बिहीबार) विज्ञप्तिमार्फत ‘डिशहोम गो’ ओटीटी एप उक्त सिरिज स्ट्रिमिङका लागि उपलब्ध गराएको जानकारी दिएको हो । सरोज खनाल, लक्ष्मी गिरी, विश्व बस्नेतलगायतका कालाकारले अभिनय गरेको यो नेपाली सिरिज अब दर्शकले मोवाइलबाट हेर्न सक्नेछन् ।
आयुषा पोखरेलको प्रस्तुति रहेको यस सिरिजले एक नेपाली परिवारको बिखरिँदो सम्बन्ध, जिम्मेवारी, लोभ र सपनाबीचको द्वन्द्वलाई मार्मिक र यथार्थपरक ढंगले प्रस्तुत गरेको छ । कथावस्तुले पात्रहरूलाई जीवनका कठोर मोडहरू हुँदै घर, परिवार र सम्बन्धको वास्तविक मूल्य बुझ्ने भावनात्मक यात्रामा अघि बढाउँछ ।
लेखक तथा निर्देशक अजित लामिछानेको निर्देशनमा बनेको यस सिरिज नेपाली चलचित्र तथा टेलिभिजन क्षेत्रका अनुभवी र लोकप्रिय कलाकारहरूको सशक्त अभिनय ले सुगन्ध भरिदिएको छ ।
सिरिजमा विश्व बस्नेत, सुरेश थापा, सृजना अधिकारी, बिप्लभ लोहनी, पुष्पाञ्जली लिम्बु र सुनील तामाङको पनि अभिनय देख्न पाईने छ। पारिवारिक सम्बन्धको गहिराइ, भावनात्मक उतारचढाव र सामाजिक यथार्थलाई केन्द्रमा राखेर सिरिजलाई प्रभावशाली रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएकाे छ ।
डिशहोम गो एप नेपालकै अग्रणी डिजिटल मनोरञ्जन प्लेटफर्म हो, जहाँ नेपाली तथा अन्तर्राष्ट्रिय खेलकुद, चलचित्र, सिरिज, मनोरञ्जनात्मक सामग्रीहरू तथा लाईभ टेलिभिजन सहज रूपमा उपलब्ध छन् ।





























प्रतिक्रिया