‘राई इज किङ’ भियना अवतरण, भव्य सांगीतिक कन्सर्टको तयारी

‘राई इज किङ’ भियना अवतरण, भव्य सांगीतिक कन्सर्टको तयारी

केन्द्रबिन्दु
294
Shares

काठमाडौं । नेपाली सुगम संगीत तथा पाश्र्व गायनका लोकप्रिय गायक ‘राई इज किङ’ अर्थात् राजेश पायल राई आफ्नो सांगीतिक टुरको सिलसिलामा अस्ट्रियाको राजधानी भियना पुगेका छन्। जर्मनीको फ्र्याङ्कफर्टमा ऐतिहासिक र भव्य शो सम्पन्न गरेपछि उनी आजै भियना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

भियना ओर्लिएका राईलाई स्वागत गर्न विमानस्थलमा नेपाल आदिवासी जनजाति महासंघका वर्तमान अध्यक्ष देव गुरुङ, पूर्वअध्यक्ष राजु गुरुङ लगायतका शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो। उनलाई खादा र माला लगाएर न्यानो स्वागत गरिएको थियो।

जर्मनीको कार्यक्रम सकेर भियना आउनुअघि गायक राई करिब १० दिनका लागि यूके पुगेका थिए । त्यहाँ उनले आफ्ना आमा, बुबा, दिदी र भिनाजुसँग समय बिताई पारिवारिक भेटघाट पूरा गरेर पुनः सांगीतिक कर्ममा फर्किएका हुन्।

भियनामा आज आयोजना हुने सांगीतिक कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। महासंघका अध्यक्ष देव गुरुङका अनुसार कार्यक्रमको सबै टिकटहरू बिक्री भइसकेका छन् । कन्सर्टमा राजेश पायल राईले आफ्ना नयाँ तथा पुराना गरी करिब २५ देखि ३० वटा चर्चित गीतहरू प्रस्तुत गर्नेछन्। उनले भियनावासी नेपालीहरूलाई सांगीतिक माहोलमा झुमाउने अपेक्षा गरिएको छ।

अस्ट्रियाको कार्यक्रम सम्पन्न गरे लगत्तै उनी अर्को सांगीतिक कार्यक्रमका लागि पोर्चुगल प्रस्थान गर्ने तालिका रहेको छ।

Logo