काठमाडाैं । तेलुगु सुपरस्टार राम चरणले भारतीय क्रिकेट स्टार जसप्रित बुमराहसँग सार्वजनिक रूपमा माफी मागेका छन्।
‘पेड्डी’ फिल्मको प्रमोशनल इभेन्टका क्रममा राम चरणले बुमराहलाई गल्तीवश फुटबल खेलाडीसँग तुलना गरेका थिए। कार्यक्रममा भारतीय क्रिकेटरहरूको बारेमा छोटो प्रतिक्रिया दिने क्रममा उनले बुमराहलाई “फुटबललाई अगाडि बढाइरहनुभएको” भन्दै सम्बोधन गरेपछि सामाजिक सञ्जालमा भिडियो भाइरल बनेको थियो।
घटना भाइरल भएपछि राम चरणले सामाजिक सञ्जालमार्फत माफी माग्दै लेखे, “यो उत्साह र भीडबीच भएको सामान्य मानवीय गल्ती थियो।” उनले बुमराहप्रति आफूलाई ठूलो सम्मान रहेको पनि बताएका छन्।
यो घटनापछि सामाजिक सञ्जालमा फ्यानहरूले रमाइला मीम्स बनाएका छन् भने धेरैले राम चरणको विनम्रताको पनि प्रशंसा गरेका छन्। हालसम्म बुमराहले भने यस विषयमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।































प्रतिक्रिया