काठमाडौं। हिन्दू नारीहरूको महान् चाड हरितालिका तीज आउन करिब २ महिना बाँकी रहँदा नै लोकप्रिय गायिका शान्तिश्री परियारको सुमधुर स्वरमा रहेको तीज गीत ‘केटी पार्टी’ को सार्वजनिक भएकाे छ ।
मंगलबार एक कार्यक्रमबीच साहित्यकार शान्ति शर्माको प्रमुख आतिथ्यमा कोटेश्वर स्थित होटेल तपोवनमा गीत सार्वजनिक गरिएकाे हाे । मनिष श्रेष्ठको शब्द ,संगीत रहेको गीतलाई आकाश नेपालीले एरेन्ज, मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।
“उमेर कहिल्यै बाधक हुँदैन, इच्छा र आत्मविश्वास भए जुनसुकै उमेरमा पनि नाच्न, रमाउन र आफ्नो प्रतिभा देखाउन सकिन्छ” भन्ने बलियो र सकारात्मक सन्देश बोकेको तीज गीत ‘केटी पार्टी’ को म्युजिक भिडियोमा बिमला भण्डारी, सरिता थापा, कोइली थापा, शारदा श्रेष्ठ र नूतन अधिकारीको नृत्य एब अभिनय रहेको छ ।
पवन सुस्लिङको छायांकन एवं सम्पादन रहेको भिडियोको कोरियोग्राफी एब निर्देशन सफल भिडियो निर्देशक एबम कलाकार मनिष श्रेष्ठले गरेका हुन् । भिडियोलाई मनिष श्रेष्ठको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
भिडियोमा अभिनय एवं नृत्य गरेका बिमला भण्डारी,कोइली थापा, सरिता थापा, नूतन अधिकारी र शारदा श्रेष्ठले सामाजिक सेवामा सक्रिय रहँदै विभिन्न संघ–संस्थामार्फत उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् ।






























