जैसवाल र मृणालबीच अफेयरको चर्चा

जैसवाल र मृणालबीच अफेयरको चर्चा

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । भारतीय क्रिकेटर यशस्वी जैसवाल बलिउड अभिनेत्री मृणाल ठाकुरबीच अफेयरको चर्चा यतिबेला सामाजिक सञ्जालमा तीव्र बनेको छ । मुम्बईको एक क्याफेबाट सार्वजनिक भएको भिडियो भाइरल भएपछि दुवैको सम्बन्धबारे विभिन्न अड्कलबाजी सुरु भएको हो।

भाइरल भिडियोमा मृणाल ठाकुर क्याफेभित्र देखिएकी छन् भने केही समयपछि जैसवाल त्यही क्याफेबाट बाहिर निस्किएको दृश्य देखिन्छ। यही भिडियोका आधारमा सामाजिक सञ्जालमा उनीहरू डेटिङमा रहेको चर्चा व्यापक बनेको छ।

तर हालसम्म जैसवाल वा मृणालमध्ये कसैले पनि यी चर्चाबारे कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। उनीहरूबीच प्रेम सम्बन्ध रहेको पुष्टि गर्ने कुनै आधिकारिक प्रमाण वा बयान पनि सार्वजनिक भएको छैन।

Logo