न्यादी हाइड्रोको १८ करोडको आईपीओ खुल्यो

न्यादी हाइड्रोको १८ करोडको आईपीओ खुल्यो

केन्द्रबिन्दु
0
Shares

न्यादी हाइड्रोपावर को १८ करोड रुपैयाँको आईपीओमा भदौ १ गते (आज )देखि आवेदन खुला गरिएको छ। यो आईपीओमा आयोजना प्रभावित, स्थानीय र न्यादी हाइड्रोका कर्मचारीले आवेदन दिन पाउनेछन्। 

लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले आयोजना प्रभावितलाई छुट्याइएको कुल कित्तामध्ये आयोजनाबाट अतिप्रभावित क्षेत्र लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ३ तथा मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ६, ७ र ८ का स्थानीय बासिन्दालाई ५ लाख कित्ता सेयर र उक्त आयोजना प्रभावित क्षेत्रबाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीयका लागि १० लाख कित्ता सेयर निष्कासन गरिएको हाे ।

भदौ १ गतेदेखि निष्कासन हुने आईपीओ खरिदका लागि छिटोमा भदौ १५ गतेसम्म र ढिलोमा ३० गतेसम्म आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। 

यो कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेकाे छ ।

 

Logo