अमेरिकन मोडल किम कार्दशिन आफ्नो पहिरनले भइन् ट्रोल

अमेरिकन मोडल किम कार्दशिन आफ्नो पहिरनले भइन् ट्रोल

केन्द्रबिन्दु
0
Shares

गत वर्ष महामारीको कारण मेट गाला रद्द भएपछि यस वर्षको मेट गाला २०२१ सोमबार अमेरिकाको न्यूयोर्क शहरमा धुमधामसँग आयोजना गरियो ।

मेट गाला कला र पोशाकको संस्थान मेट्रोपोलिटिन म्यूजियम अफ आर्ट एण्ड कस्ट्युमको लागि एक कोष उठाउने कार्यक्रम हो, जहाँ हलिउडका चर्चित मोडल तथा स्टारहरुको सबैभन्दा राम्रो देखिने, कसले राम्रो पहिरन प्रदर्शन गर्ने भन्ने हुन्छ ।

यस वर्ष मेट गालाको आधिकारिक थिम अमेरिकन स्वतन्त्रता थियो, जसका कारण धेरै स्टारहरु भिन्न–भिन्न रुपमा देखिएका थिए ।

कार्यक्रममा लोकप्रिय अमेरिकन मोडल किम कार्दशिनले कालो लुगा लगाएर सबैको ध्यान आफूतिर खिचिन् ।  

मोडल किमले मेट गालाको गुलाबी कार्पेटमा आफ्नो शरीर पुरै कालो पोशाकले ढाकेर आइन् । उनको अनुहार पनि पूरै कालो कपडाले ढाकिएको थियो, जहाँ धेरै दर्शकले उनको रचनात्मकताको प्रशंसा गरिरहेका थिए । तर सोशल मिडियामा भने उनलाई केहीले नराम्रो तरिकाले ट्रोल बनाइरहेका छन् ।

किम यसरी भइन् ट्रोल

जब किमको शरीर पुरै कालो कपडाले ढाकेको फोटोहरु सोशल मिडियामा सार्वजनिक भए । त्यसपछि भने केही सोशल मिडिया प्रयोगकर्ताहरुले किमको कपडालाई अफगानिस्तानमा बुर्का लगाएका महिलाहरुसँग तुलना गरिरहेका छन् भने केहीले किमले अफगानिस्तानको लागि यस्तो रुप अपनाएको समेत भनिरहेका छन् ।

यी स्टारहरु पनि चर्चामा रहे

लोकप्रिय पप गायिका रिहाना कालो लामो गाऊन र टोपी लगाएर कार्यक्रममा पुगिन् । यससँगै उनले चाँदीका गहनाहरु त्यसमा जोडेकी थिइन् ।

यस्तै केन्डर जेनर गोल्डेन रंगको पारदर्शी पोशाकमा मेट गालामा पुगेकी थिइन् । उनको डिजाइनर पोशाक क्रिस्टलबाट बनेको थियो ।

त्यस्तै जेनिफर हडसन एक रातो बडी फिडेट ड्रेससँगै लामो भुइँसम्म लत्रिने ज्याकेट लगाएर कार्यक्रममा पुगेकी थिइन् ।

यस्तै लोकप्रिय र्यापर लिल नास एक्सले रोयल लुक अपनाउँदै गोल्डेन रंगको पोशाक लगाएका थिए, जसको भित्र गोल्डेन रोबोटिक कपडाहरु समेत थिए ।  

 

Logo