गायक भीषण मुकारुङकाे ‘ए सिम्मा’(खोर्सानी डल्ले-२) भिडियो बजारमा (भिडियो)

गायक भीषण मुकारुङकाे ‘ए सिम्मा’(खोर्सानी डल्ले-२) भिडियो बजारमा (भिडियो)

केन्द्रबिन्दु
0
Shares

गायक तथा संगीतकार भीषण मुकारुङ राईले ‘ए सिम्मा, (खोर्सानी डल्ले २) गीतको भिडियो सार्वजनिक गरेका छन्। गीतमा दुर्लभ जन्तरेको शब्द र विशेष खालिङको संगीत रहेको छ। 

गीतमा चन्दु गोर्खालीको संगीत संयोजन छ भने यसलाई पृथक रेकर्डस स्टुडियोमा विवेक रानापहेलीले रेकर्डिङ साथै देवेश राईले मिक्सिङ र मास्टरिङ गरेका छन्।

तक्मे बुढा च्यानल मार्फत् सार्वजनिक गरिएको भिडियोमा गायक भीषणसँगै विल्सन विक्रम राई (तक्मेबुढा), रजनी गुरुङ, विशाल लिम्बु र श्याम राईले अभिनय गरेका छन्। भिडियोलाई कमल राईले नृत्य निर्देशन गरेका हुन्। 

विल्सन विक्रम राईको निर्देशन रहेको भिडियोमा विक्रम डिसीको छायांकन र मनोज कार्कीको सम्पादन रहेको छ।

 

Logo