बिहेपछि झनै ‘बोल्ड’ नायिका आँचल शर्मा

बिहेपछि झनै ‘बोल्ड’ नायिका आँचल शर्मा

केन्द्रबिन्दु
0
Shares

बिहेपछि आँचल शर्मा युट्युब च्यानलमा पहिलेको तुलनामा कम देखिन थालेकी छन्। अन्तर्वार्ता दिने क्रम पहिलेको तुलनामा रोकिएको छ। 

आँचलमा अर्को परिवर्तन पनि आएको छ, त्यो हो फेसनको । आँचल विवाहअघि फेसनको मामलामा त्यति धेरै उम्दा लाग्दिन थिइन्। हेरिरहेकै, देखिरहेकै पहिरनमा देखिन्थिन् । तर, विवाहपश्चात भने उनको फेसनमा व्यापक परिवर्तन महसुस गर्न सकिन्छ।

पछिल्लो समय उनले सामाजिक संजालमार्फत सार्वजनिक गर्ने तस्बिरहरुले उनको पहिरनको यथार्थलाई दर्शाउँछ। उनका फ्यानले पनि पहिरनको खुलेर तारिफ गरेका छन्।

यतिबेला श्रीमान उदीप श्रेष्ठसँग विदेशमा घुमघाम गरिरहेकी आँचललाई फ्यानले झन् झन् बोल्ड भएको भन्न थालेका छन्। किनकी बिहेपछि धेरैको फेसन कुर्ता र सारीमा खुम्चन्छ।

तर, आँचल झन्–झन् बोल्ड हुँदै गएको धेरैले महसुस गरेका छन्। के यो श्रीमान् उदीप श्रेष्ठको मायाको कमाल हो?

Skip This
Skip This
Logo