विनोद केसीको ‘मखमली’ मा अञ्जु पन्तको स्वर (भिडियाेसहित)

विनोद केसीको ‘मखमली’ मा अञ्जु पन्तको स्वर (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

अभिनेता, निर्देशक तथा गीतकार विनोद केसीको नयाँ आधुनिक गीत मखमली हालै सार्वजनिक भएको छ। विनोद केसीको रचना रहेको गीतमा लक्की सिटौलाको संगीत तथा लक्कीका साथमा अञ्जु पन्तको स्वर रहेको छ।

भावनात्मक तथा सुमधुर शैलीको उक्त गीतले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने तथा दर्शकको साथ र माया पाए आगामी दिनमा आफूले  यस्तै खालका सांगितिक कोसेली दर्शकमाझ ल्याइरहने विनोदले बताएका छन्। 

काठमाडौंको विभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको उक्त गीतको भिडियोमा मोडलहरु सुदर्शन भट्टराई तथा सगुन शाहीले अभिनय गरेका छन् भने गीतको म्युजिक भिडियो विनोदले नै निर्देशन गरेका छन्।

भिडियोमा करण चौसिरको छायांकन तथा राज कुमारको सम्पादन रहेको छ। 

 

Skip This
Skip This
Logo