बरिष्ठ लोकगायक जयनन्द लामाकाे निधन

बरिष्ठ लोकगायक जयनन्द लामाकाे निधन

केन्द्रबिन्दु
0
Shares

बरिष्ठ लोकगायक जयनन्द लामाकाे निधन भएकाे छ। उनकाे बुधबार बिहान निधन भएकाे हाे । वरिष्ठ कलाकार शिवहरि पाैडेलले सामाजिक संजाल फेसबुकमार्फत यसकाे जानकारी दिएका हुन् । 

लामाको आज बिहान कौशलटारमा निधन भएको हो। सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–२ निवासी उनी आज बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा मृत फेला परेका थिए । 

उनका कलकत्ते काइँयो केश मेरो बाँगो, पानी पर्‍यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि लोकप्रिय छन्।

बरिष्ठ लोकगायक जयनन्द लामाले दुई दशक लामो अन्तरालपछि २ हप्ता अघि मात्रै मौलिक लोकगीत सार्वजनिक गरेका थिए। गायक लामाले ‘महाभार लेकको जंगलमा याला’ बोलको लोकगीत युट्यबमार्फत सार्वजनिक गरेका हुन् । यही गीत सार्वजनिक गर्दा लामाले भनेका थिए, ‘म सँग जीवनभर गाएर नसक्ने गीत छन् ।’ तर उनले कति गीत गाउन सक्थे हाेलान्, यात्रा अधुरै रह्याे।

पाँच दशकअघि गायन यात्रा शुरू गरेका लामाले लोकगीत, दोहोरी, गिती नाटक गरि दुई सयभन्दा बढी गीत गाएका छन्। गायक लामा पछिल्लो समयमा फिल्मी अभिनयमा समेत लोकप्रिय थिए।

उनकाे निधनले नेपाली कलाक्षेत्रले एउटा वरिष्ठ साधक गुमाएकाे छ।

Skip This
Skip This
Logo