म कुनै पार्टीमा प्रवेश गरेको छैन : दीपकराज गिरी

म कुनै पार्टीमा प्रवेश गरेको छैन : दीपकराज गिरी

केन्द्रबिन्दु
0
Shares

कलाकार दीपकराज गिरीले आफू कुनै पार्टीमा नलागेको बताएका छन्। 

गिरीले आफू माओवादीमा प्रवेश भएको समाचारको हेडलाइन आएको र त्यसलाई हेरेर फोन र म्यासेज आएर हैरान भएको बताएका छन्। 

शुक्रबार राति सामाजिक सञ्जालमा एक पोस्ट गर्दै गिरी माओवादीमा प्रवेश भनेको हेडलाइन मात्रै हेरेर फोन र म्यासेज आएर हैरान परेको उनले लेखेका छन्। 

'म कहिँ गा छैन, म कुनै एक पार्टीको होइन सबै पार्टीको हुँ' गिरीले लेखेका छन्। 

केही समय अघि उनले माओवादीको पक्षमा एक स्टाटस लेखेका थिए। पछिल्लो समय कलाकारहरुको पार्टी प्रवेशको चर्चा चलिरहेको प्रसंगसँग उनको नाम जोडिएर समाचारहरु आएका थिए।

Skip This
Skip This
Logo