चर्चित वेब सिरिज ‘रिवरडेज’का अभिनेता रायनलाई आजीवन कारावासको सजाय

चर्चित वेब सिरिज ‘रिवरडेज’का अभिनेता रायनलाई आजीवन कारावासको सजाय

केन्द्रबिन्दु
0
Shares

नेटफ्लिक्सको फेमस वेब सिरीज ‘रिवरडेज’का २४ वर्षिय क्यानेडियन अभिनेता रायन ग्रान्थमलाई आफ्नै आमाको हत्यामा दोशी ठहर गर्दै  आजीवन काराबासको सजाय सुनाईएको छ । 
ग्रान्थमले सन २०२० मा आफ्नै टाउनहाउसमा  ६४ वर्षिय आमाको हत्या गरेको ठहर गर्दै ब्रिटिस कोलम्बिया अदालतले उनलाई आजीवन काराबासको सजाय सुनाएको हो ।   ब्रिटिस कोलम्बिया कोर्टका अनुसार उनले क्यानाडाका प्रधानमन्त्री जस्टिन टूडोको पनि हत्याको योजना बनाउदै थिए । एजेन्सीका अनुसार उनको कारमा ३ वटा हतियार प्राप्त गरिएको थियो ।

जसमा गोला वारुद, मोलोटोव काकटेल (ज्वलनशिल पदार्थ) र एउटा नक्सा भेटिएको थियो, जुन क्यानडाका प्रधानमन्त्री र उनको परिवार बस्ने घरको थियो । अदालतमा दिएको बयान अनुसार उनले टूडोको हत्याका लागि निकै डिटेलमा प्लान बनाएका थिए । उनले बयानमा भनेका छन्र्, हत्या भन्दा केहि समय अघि म डिप्रेसनको शिकार भएको थिए ।’ 

उनले राइजेज, किङडम फालिङ र अन्डरकभर चियरलिडर जस्ता टिभि शो र डायरी अफ अ उम्पि किड्, बिकमिङ्ग रेडउड्, द कारपेन्टर्स, ब्यारिकेड जस्ता चलचित्रहहरुमा अभिनय गरेका छन् ।

Skip This
Skip This
Logo