एम्बर हर्डलाई एक्वाम्यान –२ बाट निकालियो

एम्बर हर्डलाई एक्वाम्यान –२ बाट निकालियो

केन्द्रबिन्दु
0
Shares

हलिउडको सुपरहिट फिल्म एक्वाम्यानकी नायिका एम्बर हर्डलाई एक्वाम्यान –२ बाट निकालिएको छ ।

हलिउडकी चर्चित अभिनेत्री एम्बर हर्ड आफ्ना पूर्व पति जोनी डेपको मानहानीको मुद्दामा हारेपछि हाल निकै चर्चामा छिन् । उल्लेखनीय कुरा के छ भने मुद्दा हारेपछि एम्बर हर्डले जोनी डेपलाई १.५ अर्ब रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने थियो तर जोनीले त्यो क्षतिपूर्ति लिएनन् । सामाजिक सञ्जालमा एम्बरको ट्रोल र मिडियामा उनको छवि राम्रो नभएपछि उनलाई एक्वाम्यान २ बाट निकालिएको बताईन्छ  ।

एम्बर हर्डले एक्वाम्यानको पहिलो फिल्मबाट नयाँ पहिचान पाएकी थिईन । मिडिया रिपोर्टका अनुसार एम्बर हर्डको ठाँउमा अब अर्की अभिनेत्री एमिलिया क्लार्कलाई कास्ट गरिएको छ । यो जानकारी सार्वजनिक भएपछि एम्बर हर्ड निकै निराश देखिन्छिन् । उनले यस विषयमा मौनता तोड्दै भनिन, ‘मेरो बारेमा कसले के सोच्छ मलाई मतलब छैन ।’

 

Logo