प्रभु बैंक र न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच सम्झौता

प्रभु बैंक र न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच सम्झौता

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई बिराटनगर–८ मोरङस्थित न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले छुट दिने सम्झौंता भएको छ।

न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिका सञ्चालन निर्देशक राजेश भट्टराई र प्रभु बैँक गोल्छाचोक शाखा प्रमुख प्रशान्तकुमार झाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौंतापत्रअनुसार अन्तरङ तथा बहिरङ सेवामा ओपीडी टिकट बाहेक सीटीस्क्यान, न्युरोसर्जरी, न्यूरो आईसीयु, अर्थोप्याडिक सर्जरी, एमआरआई, प्रसुति तथा स्त्री रोग, क्याथ प्रयोगशालालगायतका स्वास्थ्य तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ।

छुट सुविधा प्राप्त गर्नका लागि बैँकका ग्राहकले प्रभु बैँक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा क्यूआर प्रणालीद्वारा न्यूरो कारडियो एण्ड मल्टि स्पेसियालिटी हस्पिटललाई भुक्तानी गर्नुपर्ने जनाइएको छ।

नेपालको निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिले निरन्तरस्तरीय न्यूरो कारडियो सम्बन्धित स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको जनाइएको छ।

अस्पतालले आकस्मिक उपचारदेखि सघन उपचारलगायतका स्वास्थ्य सेवाहरु उपलब्ध गराउँदै आइरहेको छ। स्वास्थ्य प्रति जागरुक नागरिकका लागि न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिमा विभिन्न स्वास्थ्य परीक्षणका प्याकेजहरु मार्फत् नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरुमा प्रभु बैँक लिमिटेडका ग्राहक तथा शेयर होल्डरलाई १० प्रतिशत र प्रभु बैंकका कर्मचारीलाई १५ प्रतिशतसम्मको छुटको व्यवस्था रहेको छ।

Logo