महानगरलाई करिश्माको प्रश्नः के अब मकै पोलेर चटपटे बनाएर तारे होटलमा बेच्न लैजाने ?

महानगरलाई करिश्माको प्रश्नः के अब मकै पोलेर चटपटे बनाएर तारे होटलमा बेच्न लैजाने ?

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री  करिश्मा मानन्धरले सडक व्यापारलाई नियन्त्रण गर्ने काठमाडौं महानगरपालिकाको नीतिप्रति असहमति व्यक्त गरेकी छन्।

केही दिनअघि मकै पोलेर बेच्ने दम्पत्तिलाई नगरप्रहरीले गरेको कारवाहीका सन्दर्भमा उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो असहमति जनाएकी  हुन्।उनले फेसबुक मार्फत लेखेकी छिन्,‘महानगर सफा हुनुपर्छ; सहि हो ।हामीले आफ्ना करोडौं पर्ने जग्गा / घर भत्काउन दिएर बाटो फराकिलो बनाउन सहयोग गर्याैँ सहि हो।

बाटोमा हिँड्ने ठाउँ ओगटेर पसल राख्नु हुदैन त्यो पनि सहि कुरो हो । गाउँ छोडेर हाम्रा शहरमा गरिखान किन आउँछन् मानिसहरु? त्यसमा प्रश्न छ । गाउँमा स्वास्थ छैन , शिक्षा छैन , बाटो छैन , सिँचाइ छैन,दैवी प्रकोपमा परेकाहरुको लागि गाँस , बास , कपास छैन । उनीहरुले समयमा क्षतिपूर्ति पाउँदैनन् ।

त्यो समयसम्म उनीहरुका केटाकेटीले नपढ्ने?’कुनै पनि नागरिकलाई देशको समग्र भूमिमा टेक्ने अधिकार रहेको करिश्माको तर्क छ ।उनले प्रश्न गरेकी छन्, ‘यदि उ अशिक्षित छ, गरिब छ,लाचार छ भनेर जे पनि गर्न मिल्छ ? जे पनि भन्न मिल्छ ? ऊ मान्छे हो कुरा बुझ्छ सम्झाएर भन ।’करिश्माको प्रश्न छ,‘व्यवस्थापन गर्नतर्फ लाग्ने कि प्रतिबन्ध र विरोधतर्फ लाग्ने ? कि मकै पोलेर चटपटे बनाएर तारे होटलमा बेच्ने ?’उनले प्रश्न गरेकी छन् ।

Logo