परिश्रमिकको कुरा नमिले पछि फिल्म ‘ प्रसाद २’ को छायांकन स्थगित भएको कुरा बाहिरेको छ ।
अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ छायांकन थलो कास्कीको ल्वाङ गाउँबाट काठमाडौं हिंडेपछि सुटिङ स्थगित भएको बताइएको छ । छायांकनको लागि कलाकार र टिम बागलुङको भकुण्डे र कास्कीको ल्वाङमा पुगेको थियो ।
फिल्मका सदस्यका अनुसार छायांकनको लागि सबै तयारी भएता पनि कथाका मुख्य पात्र विपिन र नम्रताले सुटिङ स्थल छाडेर हिडेपछि स्थगित भएको हो । कलाकार र फिल्मका निर्देशक सुर्दशन थापाबिच कुरा हुदाहुँदै असमझदारी भएपछि कलाकार हिडेको र कलाकारको कारण सुटिङ रोकिएपछि आर्थिक क्षति भएको बताएको छ । विपिनले पारिश्रमिकको सुनिश्चितता नभएकाले आफू छायांकन स्थलबाट फर्किएको जानकारी दिएका छन् ।
उनले निर्माण कम्पनी सुवास थापा प्रोडक्सनले आफुलाई पारिश्रमिकको सुनिश्चितता नदिएसम्म काम नगर्ने बताएका छन् । सम्भवत फेरी निर्देशक थापा र उनको प्रोडक्सनसंग काम नगर्ने किनकी पहिला जस्तो विस्वास आफुलाई थापामाथि लाग्न छोडेको बताएका छन् । कहिले निर्देशक बद्लिने , कहिले निर्माण कम्पनि बद्लिने त कहिले प्रोडक्सन टिम बद्लिएर सुटिङ रोकिने भएकाले आफ्नो केही काम नभएर यहीँ मात्र भए जस्तो गरेकाले वाक्क भएर हिडेको बताएका छन् । विपिनले पारिश्रमिकको बारेमा पनि कहिलेपनि प्रस्ट र आधिकारिक कुरा कहिले नगरेको बताए ।
७ डिसेम्बर २०१८ मा रिलिज भएको ‘प्रसाद’ को सिक्वलको रुपमा प्रसाद २ आउन लागेको थियो ।































प्रतिक्रिया