चलचित्र ‘प्रेमगीत ३’ चीनमा पनि रिलिज हुने

चलचित्र ‘प्रेमगीत ३’ चीनमा पनि रिलिज हुने

केन्द्रबिन्दु
0
Shares

चलचित्र ‘प्रेमगीत ३’लाई चीनमा पनि रिलिज हुने भएकाे छ। हिन्दी भाषामा भारतमा प्रसारण हुने कुराले चर्चा पाएकाे साे चलचित्र अब चीनियाँ भाषामा चीनमा पनि रिलिज हुने भएकाे हाे।

यसकाे लागि बुधबार मुम्बईमा वितरण कम्पनीहरू यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेको निर्माण पक्षले जनाएकाे छ।

निर्माता सन्तोष सेनका अनुसार यूएफओले नै चलचित्र चीनियाँ हलहरुमा फिल्म प्रदर्शन गर्नेछ।

चलचित्रका रहेका मुख्य कलाकार प्रदीप खड्काकाे अभिनयसँगै चलचित्रकाे कथावस्तु र हिमाली दृश्यले चीनियाँ दर्शकलाई आकर्षित गर्नसक्ने आँकल गर्दै त्यहाँ रिलिजकाे लागि चीनियाँ चलचित्र पक्षले आग्रह गरेकाे निर्माता सेनकाे दाबी छ।

चलचित्रमा प्रदीपसँगै कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा लगायतका कलाकारकाे अभिनय रहेकाे छ।

छेतेन गुरुङ र सन्तोष सेन निर्देशित फिल्म नेपाल र भारतमा असोज ७ गते रिलिज तयारी छ।

Skip This
Skip This
Logo