हालसम्म भएका १५ सयभन्दा बढी अध्ययनहरुले नरिवलको तेल संसारकै सबैभन्दा स्वस्थ खाद्यपदार्थ भएको प्रमाणित गरेका छन् ।
त्यसैले हरेक वर्ष सेप्टेम्बर २ तारिखका दिन नरिवलको गुण र महत्वबारे मानिसहरूलाई सचेत गराउन विश्व नरिवल दिवस मनाइन्छ । नरिवलसँगै यसको पानी पनि फाइदाजनक हुन्छ । तर नरिवलको दूध स्वास्थ्यका लागि निकै लाभदायक साबित हुन्छ । नरिवलको दूध ताजा पाकेको खैरो नरिवलबाट निस्कन्छ ।

यो शताब्दीयौंदेखि धेरै एशियाई देशहरूमा सूप, सस र मिठाईहरूमा प्रयोग हुँदै आएको छ । यो व्यापक रूपमा भारतीय, थाई, हवाई र दक्षिण अमेरिकी व्यञ्जनहरूमा प्रयोग गरिन्छ । तर, नरिवलको दूध पछिल्लो समय निकै लोकप्रिय भएको छ । यसलाई गाई वा भैंसीको दूधको लागि स्वादिष्ट र स्वस्थ विकल्पका रुपमा हेरिन्छ ।
नरिवलको दूध धेरै गाढा र क्रीमयुक्त हुन्छ । नरिवलको पानीको विपरीत, नरिवलको दूध प्राकृतिक रूपमा पाइँदैन । यो सेतो नरिवलको पल्प र पानी मिसाएर तयार गरिन्छ ।
यदि तपाईं ल्याक्टोज (दुधमा पाइने एकप्रकारको पदार्थ) लाई सजिलै पचाउन सक्नुहुन्छ भने, नरिवलको दूध तपाईंको लागि राम्रो विकल्प हुनेछ । यदि तपाई अहिलेसम्म नरिवलको दुधका फाइदाहरु बारे अनभिज्ञ हुनुहुन्थ्यो भने आउनुहोस जानौं यसका फाइदाहरु..
१. रोग प्रतिरक्षा प्रणाली बलियो बनाउँछ
नरिवलको पानी जस्तै यसको दूधले मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । नरिवलको दूधमा लौरिक एसिड पाइन्छ । जुन यसको एन्टिसेप्टिक गुणका लागि चिनिन्छ । यसले शरीरलाई ब्याक्टेरिया र भाइरसबाट हुने संक्रमणसँग लड्न मद्दत गर्छ ।
२. स्वस्थ कपाल र छालाको लागि
लामो समयदेखि, मानिसहरूले आफ्नो कपाललाई राम्रो बनाउन नरिवलको दूध प्रयोग गर्दै आएका छन् । यसमा उच्च फ्याट हुन्छ, जसले कपालको आर्द्रता कायम राख्न मद्दत गर्छ । टाउकोमा लगाउनाले टाउकोको डन्डीफोर र चिलाउने समस्या हटाउन सकिन्छ । नरिवलको दूधमा एन्टी ब्याक्टेरियल र एन्टी फंगल गुण हुन्छ । सिधै अनुहारमा लगाइयो भने, यसले छालाको चमक बढाउँछ ।
३. वजन घटाउन मद्दत गर्छ
नरिवलको दूध स्वस्थ फ्याट्सले भरिपूर्ण हुन्छ । यसको सेवन गर्नाले तपाईको पेट लामो समयसम्म भरिपूर्ण रहन्छ र जंकफुड खानबाट बचाउछ ।
४. मुटुसँग सम्बन्धित रोग लाग्न दिदैन
नरिवलको दूधले शरीरमा एचडीएल कोलेस्ट्रोलको स्तर बढाउने काम गर्छ । वैज्ञानिक अनुसन्धानका अनुसार नरिवलको दूधलाई संयमित मात्रामा खाएमा शरीरमा एलडीएल कोलेस्ट्रोल (खराब कोलेस्ट्रोल)को स्तर कम गर्न मद्दत गर्छ ।
५. एनीमियाबाट बच्न
नरिवलको दूधमा फलामको उच्च मात्रा पनि हुन्छ । खनिज जसले सामान्य हेमोग्लोबिन स्तरको साथ स्वस्थ रातो रक्त कोशिकाहरू निर्माण गर्दछ । हाम्रो दैनिक आहारमा नरिवलको दूध समावेश गर्नाले शरीरमा































प्रतिक्रिया