लकडाउनको तनावले किशोर किशोरीको दिमाग छिटो बुढोः अध्ययन

लकडाउनको तनावले किशोर किशोरीको दिमाग छिटो बुढोः अध्ययन

केन्द्रबिन्दु
0
Shares

कोभिड १९ लकडाउनमा तनावको परिणामस्वरूप किशोर/किशोरीको दिमाग छिटो बुढो हुने गरेको एक अध्ययनले देखाएको छ ।

नतिजाहरू हिंसा, बेवास्ता र पारिवारिक असक्षमताको परिणामको रूपमा पहिले देखिएका प्रभावजस्तै रहेको अध्ययनले देखाएको छ । विचार र भावनाको मामिलामा किशोरावस्था एक कठिन समय हुन सक्छ र मस्तिष्कमा धेरै पुनर्गठन हुन्छ । महामारीले कोर्टेक्सलाई पातलो बनाएर तथा  हिप्पोक्याम्पस र एमिग्डाला मस्तिष्क खण्डहरूको आकार बढाएर पुनर्गठनलाई तीब्र गरेको अध्ययनको निस्कर्ष छ ।

सोधकर्ताहरुले अमेरिकामा महमारीअघि सन् २०१६ नोभेम्बरदेखि सन् २०१९ को बीचमा ८१ किशोरको एमआरआई स्क्यानलाई सन् २०२० को अक्टोबरदेखि मार्च २०२२ सम्मको अवधिमा (लकडाउन खुलेपछिको महामारीको समय) ८२ किशोरसँग तुलना गरेका थिए । अनुसन्धानकर्ताहरूले किशोरावस्थामा मस्तिष्कमा हुने शारीरिक परिवर्तनहरू जस्तै कोर्टेक्सको पातलो हुने र हिप्पोक्याम्पस र एमिग्डालाको वृद्धि लकडाउनपछिको समूहमा पहिलेको भन्दा बढी रहेको पत्ता लगाएका थिए । अध्ययन स्ट्यानफोर्ड विश्वविद्यालयको बाइलोजिकल साइकेट्रियाः ग्लोबल ओपन साइन्समा प्रकाशित छ । 

एजेन्सी 

Skip This
Skip This
Logo