स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ११ औँ तहमा बढुवाका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । मन्त्रालयको बढुवा समितिको पुस १४ र १८ गते बसेको बैठकले ११ औँ तहमा बढुवा गर्न पाँच जना डक्टरको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रमुख कन्सलटेन्ट जनरल (फिजिसियन) पदमा डाक्टर दीपक सिग्देल, प्रमुख कन्सलेटेन्ट चेष्ट डिजिजेज पदमा डा. नवीनप्रकाश साह बढुवा सिफारिस भएका छन् ।
यसैगरी प्रमुख मेडिसिन–फरेन्सिक मेडिसिन अधिकृत पदमा डा. वीरेन्द्रकुमार मन्डल, प्रमुख कन्सलटेन्ट सर्जन पदमा डा. जनार्दन पन्थी बढुवा सिफारिस हुँदा अर्थोर्पेडिक सर्जरी उपसमूहतर्फको प्रमुख कन्सलटेन्ट अर्थोपेडिक सर्जन पदमा डा. भारतबहादुर खत्री बढुवा सिफारिसमा परेमा छन् ।
मन्त्रालयको सिफारिसअनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले बढुवाको निर्णय गर्नेछ ।































प्रतिक्रिया