कोरोना संक्रमण बढेसँगै शतर्कता अपनाउन सरकारको आग्रह

कोरोना संक्रमण बढेसँगै शतर्कता अपनाउन सरकारको आग्रह

केन्द्रबिन्दु
0
Shares

सरकारले कोभिड १९ को संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतवार पछिल्लो समय कोरोना भाइरसको दर बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समिरकुमार अधिकारीले पछिल्लो समयमा कोरोना संक्रमण तिब्र रुपमा बढीरहेकाले कोरोनाबाट जोगिन अनिवार्य स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न आग्रह गरे । 

सञ्चारकर्मीसँगको कुराकानीमा सहायक प्रवक्ता अधिकारीले कोरोना संक्रमण अहिले दैनिक ४० जना भन्दा बढीमा देखिरहेको भन्दै सबै सजग हुन आग्रह गरे । उनले भीडभाडमा नजान र नगर्न, मास्क अनिवार्य प्रयोग गर्न र हातको सरसफाईमा विशेष ध्यान दिन आवश्यक रहेको बताए । 

उनले कोभिड -१९ सँग मिल्दोजुल्दो लक्षण देखिएपनि चिकित्सकको आवश्यक सल्लाह लिएर मात्रै औषधि सेवन गर्न आग्रह गरे । उनले कोरोनाबाट बच्नको लागि कोभिड १९ बिरुद्धको खोप समयमै लगाउन पनि आग्रह गरे । 

सहायक प्रवक्ता अधिकारीले पछिल्लो समय बढीरहेको कोरोना संक्रमणलाई मध्यनजर गरेर अस्पतालहरुलाई आवश्यक निर्देशन दिइसकेको पनि बताए । उनले सरकारले संक्रमणको चाप अनुसार स्वास्थ्य सेवा बिस्तार गर्नेगरी निर्देशन दिइसकेको बताए । कोभिड १९ बिरुद्धको खोप नलगाएकाहरुले स्थानीय तहसँगको समन्वयमा खोप लगाउनसक्ने पनि बताए । 

उनले छिमेकी मुलुकहरुमा कोरोना संक्रमणको बढोत्तरी भइरहेकाले नेपालमा पनि आवश्यक शतर्कता अपनाउन जरुरी रहेको बताए । 

सहायक प्रवक्ता अधिकारीले कोरोनाको संक्रमण दर बढीरहेकाले आम नागरिकहरुले समयमै शतर्कता अपनाउन आग्रह गरे । 

Logo