९४ दिनपछि नेपालमा कोरोना संक्रमणबाट एक जनाकाे मृत्यु

९४ दिनपछि नेपालमा कोरोना संक्रमणबाट एक जनाकाे मृत्यु


नेपालमा करिव तीन महिनापछि कोरोना संक्रमणबाट मानिसको ज्यान गएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको अपडेटअनुसार एक जनाको मृत्यु भएको हो । वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मंगलबार विहान मृत्यु भएको हाे । यसअघि कोरोनाबाट गत पौष २३ गते एक जनाको मृत्यु भएको थियो । हालसम्म नेपालमा १२ हजार २१ जनाले ज्यान गुमाएका छन् । 

साथै पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ४३६ जनाको परीक्षणमा उक्त संख्यामा संक्रमित देखिएका हुन् । साथै ४८ जनाका संक्रमणमुक्त भएका छन् । नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । हाल सक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ ।

Logo