आज देशभर थप १०४ जनामा कोरोना पुष्टि, एककाे मृत्यु

आज देशभर थप १०४ जनामा कोरोना पुष्टि, एककाे मृत्यु


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । 

मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार एक हजार ६३२ नमुना परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ५७१ पीसीआर परीक्षण गर्दा ७१ जनामा र एक हजार ६१ एन्टिजेन परीक्षण गर्दा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३७९ रहेको छ ।  

साथै पछिल्लो २४ घण्टामा ६० जना कोरोना संक्रमणमुक्त भएका छन् भने एक जनाकाे मृत्यु भएकाे छ ।  

साेमबारको विवरणअनुसार काठमाडौं उपत्यकामा संस्थागत आईसोलेसनमा ३४ जना, आईसीयूमा ६ जना र तिनजना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

Logo