कोरोना देखिए ७ दिनसम्म आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालकाे आग्रह

कोरोना देखिए ७ दिनसम्म आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालकाे आग्रह


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेसनमा बस्न आग्रह गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेसनमा बस्न आग्रह गरेका छन् । 

सात दिनसम्म आइसोलेसनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ ।

मन्त्रालयले आइसोलेसनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेलाबेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ । 

Logo