आज देशभर थप १०३ जनामा कोरोना पुष्टि, तीन संक्रमित भेन्टिलेटरमा

आज देशभर थप १०३ जनामा कोरोना पुष्टि, तीन संक्रमित भेन्टिलेटरमा


पछिल्लो २४ घण्टामा देशभर थप १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार एक हजार ६४५ नमुना परीक्षण गर्दा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणमा ७२ जनामा र एन्टिजेन परीक्षणमा ३१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ । 

साथै पछिल्लो २४ घण्टामा ६१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कसैको मृत्युको खवर छैन ।  

काठमाडौं उपत्यकामा संस्थागत आईसोलेसनमा २६ जना, आईसीयूमा ८ जना र तीनजना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Logo