शरीरका मुसाबारे चिकित्सक मिश्र भन्छन्- ‘स्वास्थ्यलाई होइन, सौन्दर्यलाई समस्या’

शरीरका मुसाबारे चिकित्सक मिश्र भन्छन्- ‘स्वास्थ्यलाई होइन, सौन्दर्यलाई समस्या’

केन्द्रबिन्दु
0
Shares

मानिसको शरीरमा आउने मुसालाई लिएर थरीथरीका धारणा सुन्न पाइन्छ । कोही यस्लाई क्यान्सरको कारक मान्छन तर कोही गम्भीर समस्या नभएको ठान्छन् । तर पनि मुसाले धेरैलाई दुःख भने दिएको छ । न चिलाउने न दुख्ने नै । मुसाको खास विशेषता यही भएपनि यदि यो चिलाउने र दुख्ने गरेमा भने त्यसले गम्भीर रोगको संकेत गर्ने चिकित्सकहरुको भनाइ छ । 

मानिसको कसैको खुट्टामा, कसैको हातमा त कसैको मुखमा मुसा आएको देख्न सकिन्छ । अझ कतिको घाँटीमा, ढाडमा काखीमा र छातीमा समेत मुसा आएको देखिन्छ । अधिकांशलाई मुसाले कुनै समस्यामा पार्दैन । तर मुखमा अर्थात मुहारमा आउने मुसाले भने धेरैलाई रुवाउने गरेको छ । 

मुसा के कारणले आउँछ ?

-यो ह्युमन प्यापिलो नामक एक भाईरस हो । यसको कारणले गर्दा शरीरमा मुसा आउने गर्दछ । 

के मुसा खतरनाक हुन्छन् त ? 

-सबै मुसा खतरनाक हुँदैन । पहिले मुसा कुन प्रकारको हो भनेर हेर्नुपर्दछ । यदि मुसा दुख्ने छ । रगत बगिरहने छ भने त्यस्तो मुसा खतरनाक हुन्छ । र यदि मुसा सामान्य किसिमको छ । दुख्दैन, रगत बगिरहँदैन भने त्यस्तो मुसाहरु खतरनाक हुँदैनन् । 

मुसाको प्रकारहरू

  • मुसा सयौं किसिमको हुन्छ । 
  • हात, खुट्टामा आउने मुसा
  • यौनांगमा आउने मुसा
  • धागो जस्तो सानो किसिमको मुसा
  • काउली जस्तो आकारको मुसा 
  • छालाकै रङगको मासुको डल्लो जस्तो देखिने मुसा आदि । 

कुन उमेर समुहको व्यक्तिहरुमा यो समस्या देखा पर्दछ ?

यसको लागि कुनै निश्चित समय हुँदैन । यो जुनसुकै उमेर समूहका व्यक्तिहरुमा पनि आउने गर्दछ । (वुद्ध, वयष्क, बालबालिका सबमा यो समस्या देखा पर्दछ । )

के यो सरुवा रोग हो ?

हो, मुसा सरुवा रोग हो । यदि मुसा अर्को व्यक्तिको दारी काट्ने मेसिन, साबुन तौलिया अर्को मान्छेले प्रयोग गरेमा वा मुसा आको ठाउँको रगत अर्को ठाउँमा लागेमा पनि मुसा सर्ने गर्दछ । 

यो विशेष गरेर शरीरको कुन अङगमा आउने गर्दछ ? 

यो हातमा, औंलामा, खुट्टामा र गालामा धेरै जसो आउने गर्दछ । तर यो विशेष गरेर यहीँ अंगमा आउँछ भन्ने हुदैन । यो शरीरको जुन सुकै भागमा पनि आउन सक्छ । 

मुसा आउँदा गर्न नहुने गल्तीहरु के-के हुन् ?

  • मुसालाई डाम्ने, 
  • काट्ने, 
  • फुटाउने, 
  • टोक्ने 
  • नजचाईकन विभिन्न किसिमका औषधिहरुको प्रयोग गर्ने आदि । 

के मुसाले क्यान्सर जस्ता घातक तथा खतरनाक रोग निम्त्याउँछ ?

त्यो कस्तो प्रकारको मुसा हो भन्नेमा भर पर्ने गर्दछ । यदि मुसा दुख्ने, चिलाउने, रगत बगिरहने गर्छ भने त्यस्ता मुसाहरुबाट क्यान्सर पनि हुन सक्छ । तर यदि मुसामा यी लक्ष्णहरु देखा पदैनन् भने त्यो मुसा खतरनाक हुँदैन । छाला रोग विशेषज्ञ डा. ललितकुमार मिश्रका अनुसार मुसाले स्वास्थ्यमा नभइ मानिसको सौन्द्धर्यमा असर पार्ने गर्छ । कसैकसैमा गम्भीर रोगको वाहक बनेको देखिएमा पनि अधिकांशमा मुसाले समस्या ननिम्त्याउने उनको निष्कर्ष छ । 

डाक्टर मिश्र भन्छन्, मानिसको शरीरमा भाईरसको सङक्रमणको कारणले मुसा आउने गर्दछ । छालाको माथिल्लो भागमा आउने मासुको खस्रो डल्लो नै मुसा हो । यो विशेष गरेर हात, खुट्टा, घाँटी र औलाको पछाडि आउने गर्दछ । मुसा शरीरको अन्य अङगमा आउदा त केही हुन्न तर सामान्य रुपमा हेर्दा खेरी देखिने ठाउँहरुमा आउदा भने समस्या हुन्छ । जस्तै, गालामा, निधारमा, नाकमा । 

मुसाको उपचार विधि

यदि एलोपेथिक तरिका प्रयोग गरेर औषधि खाने हो भने मुसा कतिखेर गएको पनि थाहा हुन्न र दाग पनि एउटै रहँदैन । तर सबै मुसा एउटै तरिका र एउटै औषधिबाट हट्दैन । त्यो मुसामा भर पर्छ त्यो कस्तो खालको मुसा हो, त्यसको असर कस्तो छ ? यसबाट पनि मुसाको उपचार गरिने गरिएको छ । 

Logo