आज थप ६० जनामा कोरोना पुष्टि, ५५ जना संक्रमणमुक्त

आज थप ६० जनामा कोरोना पुष्टि, ५५ जना संक्रमणमुक्त

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा देशभर थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार सार्वजनिक गरेको विवरणअनुसार एक हजार ४७३ नमुना परीक्षण गर्दा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणमा २२ जनामा र एन्टिजेन परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको छ । 

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३२८ रहेको छ । 

साथै पछिल्लो २४ घण्टामा ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । काठमाडौं उपत्यकामा संस्थागत आईसोलेसनमा २८ जना, आईसीयूमा ९ जना र एकजना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

Logo