पछिल्लो २४ घण्टामा देशभर थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप ९१ जनामा कोरोना संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा देशभर थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार २ हजार ५३२ नमुना परीक्षण गर्दा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या २२० रहेको छ । 

साथै पछिल्लो २४ घण्टामा ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

काठमाडौं उपत्यकामा संस्थागत आईसोलेसनमा २५ जना र आईसीयूमा १२ जना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

Logo