आज देशभर थप ३२ जनामा कोरोना संक्रमण, ८ जना आईसीयूमा

आज देशभर थप ३२ जनामा कोरोना संक्रमण, ८ जना आईसीयूमा


पछिल्लो २४ घण्टामा देशभर थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार सार्वजनिक गरेको विवरणअनुसार एक हजार ९६४ नमुना परीक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १३३ रहेको छ । 

साथै पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । काठमाडौं उपत्यकामा संस्थागत आईसोलेसनमा २० जना, आईसीयूमा ८ जना र एक संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Logo