धेरै तातो पानी पिउँदा हुनसक्छ हृदयघात

धेरै तातो पानी पिउँदा हुनसक्छ हृदयघात

केन्द्रबिन्दु
0
Shares

तातो पानी पिउँदा मानिसलाई धेरै प्रकारका रोगबाट बचाउन सकिन्छ । तौल घटाउने प्रयास गर्ने मानिसहरूलाई मनतातो पानी पिउने सल्लाह दिइन्छ । जाडोमा मनतातो पानी पिउनु धेरैका लागि  बाध्यता हुन्छ । किनभने यसले घाँटीलाई आराम र शरीरलाई तातो दिन्छ। तर कहिलेकाही त्यहि तातो पानीले शरीरमा विभिन्न किसिमका समस्याहरु निम्तन्छ सक्छ । धेरै तातो पानी पिउँदा मानिसका शरीरमा आउँन सक्ने समस्याहरु निम्न छन् ।  

१. निद्राको समस्या
राती सुत्दा भूलवश पनि तातो पानी नपिउनुहोस् किनभने यसले शान्त निद्रामा समस्या निम्त्याउन सक्छ । तातो पानी पिउदा राति धेरै पटक शौचालय पनि जानु पर्ने हुन सक्छ। तातो पानीले रक्तनलीका कोशिकाहरूलाई पनि दबाब दिन्छ।

२. आन्तरिक अंगलाई हानि
यदि तपाईले आवश्यकता भन्दा बढी पानी पिउनुहुन्छ भने तपाईले आफ्नो शरीरको भित्री अंगहरुलाई धेरै नोक्सान पुर्याउदै हुनुहुन्छ । अत्यधिक तातो पानीले पेटमा जलन हुने गर्छ । शरीरका भित्री तन्तुहरू संवेदनशील हुन्छन् जसका कारण त्यहाँ फोकाहरू आउन सक्छन्।

३. रगतको मात्रामा प्रभाव
तातो पानीले तपाईंको रगतको मात्रालाई पनि असर गर्छ। यसका कारण रगतको मात्रा बढ्छ, जसका कारण रक्तनलीमा अतिरिक्त दबाब हुन्छ, जसका कारण तपाईलाइ उच्च रक्तचाप हृदयघात हुन सक्छ।

४. मृगौलामा प्रभाव
मृगौलाले हाम्रो शरीरमा फिल्टरको रूपमा काम गर्दछ, जसले शरीरबाट अतिरिक्त पानी र विषाक्त पदार्थहरू हटाउन मद्दत गर्दछ किनभने मृगौलामा विशेष कोशिका प्रणाली हुन्छ। धेरै तातो पानी पिउनुभयो भने मिर्गौलाको काममा नराम्रो असर पर्छ ।

५. मस्तिष्कको नसाहरू सुनिन्न सक्छ
यदि तपाईंले दिनभरि तातो पानी पिउनुभयो भने, मस्तिष्कको नसाहरू सुनिन्न सक्छ । जसका कारण तपाईंका टाउको दुख्ने समस्या आउन सक्छ। त्यसैले धेरै तातो पानी पिउनुबाट जोगिनुस् ।

Skip This
Logo