वीर अस्पतालका आवासीय चिकित्सक आन्दोलनमा उत्रिए

वीर अस्पतालका आवासीय चिकित्सक आन्दोलनमा उत्रिए

केन्द्रबिन्दु
0
Shares

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गतका आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन्। निर्वाहभत्ता नपाएको भन्दै बुधबारबाट आन्दोलनमा उत्रिएका उनीहरुले पहिलो दिन हातमा कालोपट्टी बाँधेर सेवा दिइरहेका छन्।

दोस्रो दिन बिहीबार एक घण्टा र तेस्रो दिन शुक्रबार दुई घण्टा सबै काम छाडेर अस्पताल परिसरमा धर्ना दिने बताएका आन्दोलनरत चिकित्सकहरुले शनिबारसम्म पनि आफ्ना माग सम्बोधन नभए आइतबारदेखि अस्पतालका कुनै पनि सेवामा संलग्न नहुने चेतावनी दिएका छन्। 

Skip This
Skip This
Logo