सीता दाहाललाई लागेको पीएसपी कस्तो रोग हो ?

सीता दाहाललाई लागेको पीएसपी कस्तो रोग हो ?

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल विगत १० वर्षदेखि प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगले ग्रसित थिइन् । क्यान्सरबाट पीडित जेठी छोरी ज्ञानुकोे २०७० मा निधन भएपछि ‍सीता निकै विक्षिप्त भएकी थिइन् । त्यही समयबाट उनमा पार्किन्सन जस्तो रोगको लक्षण देखिन थालेको थियो । तर २०७४ मा घरमा सुतिरहेका बेला छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भएपछि उनको स्वास्थ्यमा अझै समस्या देखियो । साेही राेगकाे सिकार बनेकी सीताको आज बिहान ८ः३३ बजे निधन भयाे । भाैतिक रुपमा रहिनन् । 

सीता दाहाललाई देखिएको पीएसपी रोग बुढ्यौलीमा देखिने एक प्रकारको जटिल रोग हो । यो रोग निकै कम मानिसमा देखिने गर्दछ । यसको लक्षण समय अनुसार गम्भीर हुने गर्छ । सुरुवाती चरणमा यसको लक्षण अन्य रोगजस्तै हुने भएकाले यो रोग पत्ता लगाउन समस्या हुन्छ । हिँड्न, डुल्न, बोल्न र निल्न कठिन भएमा, लड्छु कि भन्ने डर लागिरहेमा, व्यवहारमा परिवर्तन आएमा, मांसपेशी कस्सिएमा, आँखाको चाल नियन्त्रणमा नरहेमा र स्मरणशक्ति हराउँदै गएमा पीएसपीको शंका गर्नुपर्ने हुन्छ । यसको लक्षण पार्किन्सनसित मिल्दोजुल्दो हुने भएकाले चिकित्सकहरुलाई यो रोग पत्ता लगाउन समय लाग्ने गर्छ । कतिपय अवस्थामा मस्तिष्कको स्क्यान गरेर मात्रै रोग पत्ता लगाउन सकिन्छ । त्यसैले, यो रोग लागेको शंका लागेमा न्युरोलोजिस्टको सहायता लिन सकिन्छ ।

पीएसपीको प्रभावकारी उपचारबारे विभिन्न अनुसन्धान भइरहेको छ । यद्यपि न्यूरो सर्जन र न्यूरोलोजिस्ट मिलेर यसको उपचार गर्दै आएका छन् । सुरुमा औषधि सेवन गर्ने र औषधिले काम नगरे मस्तिष्कको अपरेशन गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । मुटुमा पेशमेकर राखेजस्तै दिमागमा पनि राखेर उपचार गर्न सकिन्छ । यो रोगको कारण एकिन हुँदैन । कतिपयलाई वंशाणुगत कारणले पीएसपी रोग देखिने चिकित्सक बताउँछन् । यसकै कारणले मस्तिष्कको कोषिकामा पनि असर पुग्ने चिकित्सकहरु बताउँछन् । ६० वर्ष उमेर पार गरेका मानिसहरुमा यो समस्या बढी देखिने गर्छ । तह नामक प्रोटिनको बनावटका कारण दिमागको कुनै भागको ब्रेन खराब भएमा प्रोग्रसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) हुने गर्छ । तह मस्तिष्कमा हुन्छ र उच्च स्तरसम्म पुग्नु अगावै यो टुक्रिएर बिग्रने गर्छ । 

पीएसपीबाट ग्रसित व्यक्तिहरूमा भने यो सही तरिकाले टुक्रिंदैन । जसका कारण मस्तिष्कमा यसको झुप्पा बन्ने गर्छ । यो झुप्पा अलग–अलग आकार तथा संख्यामा हुने गर्छ । साथै, यो मस्तिष्कको विभिन्न भागमा हुनसक्छ । जसले गर्दा यसको लक्षण पनि व्यक्ति अनुसार फरक हुने गर्छ । यसले गर्दा शरीरको चाल ढिलो भएजस्तो हुने, सन्तुलनको अभावले लडिरहने, अल्झिएलगत्तै लडिहाल्ने जस्ता समस्या देखिन्छ । यो रोगको कारण एकिन हुँदैन । कतिपयलाई वंशाणुगत कारणले पीएसपी रोग देखिने चिकित्सक बताउँछन् । 

Logo