प्रतिपक्षको नाराबाजीबीच धन्यवाद प्रस्ताव अनुमोदन

प्रतिपक्षको नाराबाजीबीच धन्यवाद प्रस्ताव अनुमोदन

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नारा लगाईरहेको समयमा प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा राष्ट्रपतिलाई दिने धन्यवाद प्रस्ताव प्रस्तुत गरे।

गत १ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल सुरु गर्न धन्यवाद प्रस्तावको रुपमा प्रधानमन्त्रीले प्रस्ताव प्रस्तुत गरेका हुन्।

प्रस्तावलाई सत्तागठबन्धनले ध्वनी मतले समर्थन जनायो भने विरोधमा सांसद प्रेम सुवालले हात उठाए पनि सभामुखले त्यसलाई गणना गरेनन्।

सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षले वेल घेराउ गरेर नारा लगाईरहेका बेला प्रधानमन्त्रीलाई धन्यवाद प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए।

नेपाली कांग्रेसले विगत दुई महिनादेखि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै छानविन गर्न संसदीय समितिको माग गर्दै संसदमा अवरोध गर्दै आएको छ।

मर्यादापालकको सुरक्षा घेरामा रोस्ट्रममा पुगेर प्रधानमन्त्रीले धन्यवाद प्रस्ताव प्रस्तुत गर्दा प्रमुख प्रतिपक्ष नारा लगाईरहेको थियो।

प्रधानमन्त्रीले प्रस्तुत गरेको धन्यवाद प्रस्ताव छलफल गर्न बहुमतले अनुमोदन गरेको थियो।

Logo