‘फेसियल’ उपचारका लागि अलग्गै अस्पताल

‘फेसियल’ उपचारका लागि अलग्गै अस्पताल

केन्द्रबिन्दु
0
Shares

अनुहारमा देखिने खुँडोपनलगायतका विभिन्न समस्याको उपचारका लागि नेपालमा ‘क्रेनियोफेसियल’ सम्बन्धी अलग्गै अस्पताल स्थापना हुने भएको छ

अन्तर्राष्ट्रिय संस्था क्लेफ्ट चिल्ड्रेन इन्टरनेसनलको आर्थिक सहयोग तथा क्रेनियोफेसियल सर्जन डा. सुमित सिंहको पहलमा काठमाडौँको नख्खुमा सो उक्त अस्पताल स्थापना गर्न लागिएको आज यहाँ आयोजित एक कार्यक्रममा जानकारी दिइयो । आगामी डेढ वर्षमा सो अस्पताल स्थापना हुनेछ ।

क्रेनियोफेसियल सर्जन प्रा. डा. हर्मन सेलरद्वारा स्थापित क्लेफ्ट चिल्ड्रेन इन्टरनेसनलको आर्थिक सहायतामा सञ्चालन हुने यस अस्पतालमार्फत मानिसको अनुहारमा हुने खुँडोपन, चोटपटक या दुर्घटनाबाट अनुहार कुच्चिएको या बिग्रिएको र अन्य समस्याको पनि उपचार हुनेछ ।

सो अस्पतालको स्थापना नहुँदासम्म एकद्वार उपचार केन्द्रका रूपमा वसुन्धरामा रहेको कान्तिपुर डेन्टल जनरल अस्पतालबाट सो सेवाको सुरुआत गरिएको छ । क्लेफ्ट चिल्ड्रेन इन्टरनेसनले यस्तो प्रकृतिको अस्पताल भारत तथा अफ्रिकाका विभिन्न मुलुकहरूमा पनि सञ्चालनमा ल्याएको छ ।

नेपालका विपन्न नागरिकलाई निःशुल्करूपमा उपचार गर्ने उद्देश्यले नेपालमा पहिलोपटक उक्त अस्पताल स्थापना हुन लागेको क्रेनियोफेसियल सर्जन डा सिंहले जानकारी दिए। सो कार्यक्रममा डा सिंहले नेपालमा हरेक आठ सयमध्ये एक जनामा खुँडोपन तथा अनुहारका विभिन्न विकृतिसम्बन्धी समस्या रहेको जानकारी गराए।

डा. सिंहका अनुसार पहिलो चरणमा प्रत्येक वर्ष पाँच सय जनालाई निःशुल्क सेवा दिने र अस्पताल पूर्णरूपमा सञ्चालनमा आएपछि वार्षिक एक हजार पाँच सय जनालाई निःशुल्क सेवा दिने लिक्ष्य लिइएको छ ।

Skip This
Skip This
Logo