अस्पतालका फार्मेसीमा डेट एक्स्पायर भएका र दर्ता नभएका औषधि भेटिएः मन्त्री बस्नेत

अस्पतालका फार्मेसीमा डेट एक्स्पायर भएका र दर्ता नभएका औषधि भेटिएः मन्त्री बस्नेत


स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काठमाडौँ उपत्यकाभित्रका ठूला अस्पतालका फार्मेसीमा म्याद गुज्रिएका र दर्ता नै नभएका औषधिहरु बिक्रीका लागि राखिएको बताएका छन्।

मन्त्री बस्नेतको नेतृत्वमा औषधि व्यवस्था विभाग,उपत्यकाका तीनै जिल्लाका सहायक सीडीयोलगायतको टोलीले गरेको अनुगमनमा यस्तो पाइएको  जनाएकाे छ। 

मन्त्री बस्नतेले भने,“अनुगमनका क्रममा डेट एक्स्पायर भएका,कतिपय बेच्नै नपाइने औषधिहरु समेत भेटिएको छ। एक्स्पायर औषधि नछुट्याई गोलमाल राखिएको र स्पष्ट बिल नबनाइएको पनि देखियो,उपत्यकाभित्र आजै अनुगमन सकिन्छ। बेलुकासम्म टोलीको निष्कर्ष आउँछ। त्यसैका आधारमा कारबाही प्रक्रिया अघि बढाइन्छ।”

Logo