गरीब विपन्नहरुको निःशुल्क उपचारका लागि सरकार प्रतिबद्ध छ -मन्त्री बस्नेत

गरीब विपन्नहरुको निःशुल्क उपचारका लागि सरकार प्रतिबद्ध छ -मन्त्री बस्नेत

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गरीब तथा विपन्नको निःशुल्क उपचारका लागि सरकार प्रतिवद्ध रहेको दोहो-याएका छन् । 

शुक्रबार वीर अस्पतालको १३४औँ वार्षिकोत्सव कार्यक्रममा मन्त्री बस्नेतले नेपालको संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पु-याउने कुरामा सरकार प्रतिवद्ध रहेको बताएका हुन् । अहिलेसम्म व्यवहारमा लागू हुन नसकेको नि:शुल्क उपचारको व्यवस्था कार्यान्वयनको सुरुवात गरीब तथा असहायबाट गरिएको बताए । 

उनले भने, ‘नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई जनताको आधारभुत विषयमा व्याख्या गरेको छ । यो निशुल्क हकको रुपमा हामीले कायम गरेका छौं । तर वास्तवमा त्यस्तो हुन सकिरहेको छैन । म मन्त्री भएको हैसियतले यो भन्न लाज मान्नु पर्ने कुनै कारण छैन । अब कसै न कसैले सुरुवात गर्नुपर्छ ।’

सरकारी अस्पतालले केही हद सम्म यो कार्यन्वयन गरेको दाबी गर्दै मन्त्री बस्नेतले अब निजी अस्पतालले पनि सो नियम पालना गर्नुपर्ने बताए । वीर अस्पतालले ५ लाख विरामीलाई उपचार दिँदा १ लाख विरामीलाई निशुल्क उपचार गरेको भन्दै उनले प्रशंसा पनि गरे । 

Logo