जुम्लामा मृगौला डायलासिस सेवा सुरु

जुम्लामा मृगौला डायलासिस सेवा सुरु

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृगौला डायलासिस सेवा सुरु भएको बताएका छन्।शुक्रबार समाजिक सञ्जाल मार्फत उनले बिहीबार देखी नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृगौला डायलासिस सेवा सुरु भएको जानकारि दिएका हुन्। 

उनले लेखेका छन्,‘आज मिति २०८० भाद्र १४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृगौला डायलासिस सेवा शुभारम्भ, तालिम सिमुलेसन सामग्री हस्तान्तरण तथा प्रतिष्ठानको निरीक्षण कार्य सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रण गरि डायलासिस सेवा शुभारम्भ गरेकोमा प्रतिष्ठान सिङ्गो परिवारलाई धन्यवाद दिन चाहन्छु। साथै,उक्त कार्यक्रममा प्रस्थान गर्ने क्रममा भेरी अस्पतालको निरीक्षण गरेको छु। भेरी अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षणका क्रममा देखिएका सबल पक्षहरुको प्रशंसा सहित सुधार गर्नुपर्ने पक्षहरुमा आवश्यक सुझाव दिएको छु।’

Logo